युएईविरुद्ध रोहितको अर्धशतक



काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पुरा गरेका हुन् ।

रोहितले ८४ बलमा आफ्नो अर्धशतक पूरा गरेका छन् । एकदिवसीय क्रिकेटमा रोहितको यो आठौँ अर्धशतक हो । उनी एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् ।