माधव नेपालपछि रास्वपाको कार्यालयमै पुगेर नेम्वाङले मागे भोट



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि मत मागेका छन् ।

आज (बिहीबार) दिउँसो रास्वपाको केन्द्रीय कार्यालय पुगेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । रास्वपाको कार्यालय पुग्नुअघि नेम्वाङले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमै पुगेर मत मागेका थिए ।


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेम्वाङसहित एमालेका नेताहरुले छलफल समेत गरेका थिए । नेपालले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरिसकेको जवाफ दिँदै एमालेका नेताहरु संवादमा आउनु सकारात्मक कुरा भएको बताएका थिए ।