महेश बस्नेतलाई भेटेर बालेनले भने, ‘मिलेर काम गरौँ’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ ।

आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए । बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको उनले बताए।


विगतको असमझदारीलाई टुंगाएर मिलेर काम गर्ने प्रस्ताव गरेको नेता बस्नेतले बताए । भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि बस्नेतको घरमा संगै खाना खाएर छुटेका थिए ।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए । यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए ।