प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन् ।
उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिएका छन् ।
भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ ।