भारतमा मन्दिर भत्किँदा कम्तीमा आठ जनाको मृत्यु



नयाँदिल्ली । भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठजनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।

घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । मध्य सहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा उनीहरू फसेका थिए ।


घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी मनिष कपुरियाले एएफपीसँग भने, ‘हामीले आठजनाको मृत शरीर फेला पारेका छौं र करिब एक दर्जनको उद्धार गरेका छौं ।’

टेलिभिजन फुटेजमा आपतकालीन कामदारले डोरी र भ¥याङको प्रयोग गरेर मध्यप्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पु¥याएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भूइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भिड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।