काठमाडौँ । सत्ता साझेदार आठ दलको बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचन, सरकार विस्तार लागयतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको हो ।
राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जनमत पार्टी, जसपा, लोसपालगायतका दलहरूबीच गठबन्धन बनेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए । अहिले १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।