प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने



काठमाडौँ । जनता समाजवादी पार्टीले उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता लिने भएको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्का उम्मेदवार प्रमिलाको उम्मेदवारी फिर्ता गराउने भएको हो । निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए ।


राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए । तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको छ ।