काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटावार्त गरेका हुन् ।
प्रधानमन्त्री र सभामुखबीच संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल भएको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल भएको बताइएको छ ।