काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौँ तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन ।’