पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र बन्ने 



जुम्ला । जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ । 

पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएको  छ । पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिए ।   


पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो ।  केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । 

पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ । कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ ।