पाँच हजार धरौटी तिर्न नमानेपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान भएका छन् ।

अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौले पाँच हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो । तर उनीहरुले धरौटी नतिर्ने अडान लिएका थिए ।
धरौटी नतिरेपछि उनीहरुलाई थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिएका छन् ।


चैत ७ गते नयाँबानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो ।

अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो ।