पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय



माेरङ । कोशी प्रदेश सरकारले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।


साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।