नेपाल ल क्याम्पसको स्ववियु सभापति विष्णु ढुंगेल निर्वाचित



काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् ।


गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो ।