काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ– ११ मा सन्दीप परेका हुन् । तर सर्वोच्च अदालतको आदेशसँगै विदेश जान लगाइएको प्रतिबन्ध खुलेपछि बुधबार राति सन्दीप यूएई पुगेका हुन् । उनी बिहीबार यूएईविरुद्धको टिममा परेका छन् ।
यूएईविरुद्धको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र गुल्सन झा टोलीमा छन् । अरु १० खेलाडी यसअघिकै रहँदा प्रतिस बाहिरिएका छन्। विश्वकप छनोट खेल्न नेपालले बाँकी ७ खेलमध्ये ६ खेल जित्नै पर्नेछ।