निर्वाचन आयोगले सोध्यो कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको आधारमा बुधबार स्पष्टीकरण सोधिएको हाे । 


आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो । 

साे निर्णय बाहिरिएपछि निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको थियाे । कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।