नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति विना सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

शनिबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक संजालमार्फत दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन नसकिने बताएकी हुन् । उनले भनेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन सकिँदैन ।’


आइतबार सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसको अघिल्लो दिन नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिवद्धता मागेको हो ।

माघ २६ गते एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई सोही दिन प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।