टेलिग्राममार्फत करोडौं ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ



काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो । उनीहरुलाई काठमाडौंका बूढानीलकण्ठ र चन्डोललगायत स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग सुरुमा सम्पर्क गर्ने र टेलिग्राममा ‘अपरेसन टिचर’ नामको च्यानलमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए ।प्रहरीका अनुुसार उनीहरुले अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीका छन् ।

त्यसक्रममा ठगी गरेको उजुरी आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ ।