जसपाका उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी



काठमाडौँ । नेकपा एमालेले जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरूद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए ।

एमालेले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै रामसहायविरूद्व उजुरी दिएको हो । जसपाले पुरूष उम्मेद्वारमा कानुनी अड्चन आउने आँकलनका साथ महिला उम्मेद्वारका रूपमा प्रमिलाकुमारी यादवलाई पनि उपराष्ट्रपति उम्मेदवार बनाएको छ ।


निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि १२ बजेसम्म छानबिन गर्ने समय छ ।

ujuri jasapa