चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रपति पौडेललाई बधाई



काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् ।

सोमबार राष्ट्रपतिको कार्यभार सम्हालेका पौडेललाई चीनका राष्ट्रपति सीले मंगलबार बधाई ज्ञापन सन्देश पठाएका हुन् ।


सन्देशमा राष्ट्रपति सीले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्धले स्वस्थ र स्थिर विकास कायम गर्दै ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

उनले दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, पारस्परिक राजनीतिक विश्वासलाई मजबुत बनाउन, उच्चस्तरीय बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।