कांग्रेसले बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने



हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाइरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।