ए डिभिजन लिगमा चर्च ब्वाइज र संकटा बराबरी, फ्रेन्ड्सको पहिलो जित



काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले संकटासँग बराबरी खेलेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो । संकटाका मनिष डाँगीले दोस्रो हाफको अन्तिम मिनेटमा पेनाल्टी मिस गरेका थिए ।


उनको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर प्रिसोले विफल पारे । चर्च ब्वाइजले यसअघि लगातार तीन खेलमा जित निकालेको थियो। संकटा भने दोस्रो खेलमा बराबरीमा रोकिएको हो । संकटाले एक खेलमा जित र एक खेल हार पनि बेहोरेको छ ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्सले पहिलो जित हात पारेको छ । फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो । फ्रेन्ड्सका लागि १९ औं मिनेटमा रफिक अमिनुले पहिलो गोल गरे।

४० मिनेटमा प्रकास बुढाथोकी अग्रता दोब्बर पारे । लिगमा चर्च ब्वाइज ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। संकटा पाँच अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।