एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । 


यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।