उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । शनिबार दिउँसो चार बजे पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

यसअघि बिहीबार रास्वपले उपचुनाव लड्ने उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । जसअनुसार गत निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा सांसद पद खारेज भएपछि सोही ठाउँबाट पुनः उपचुनाव लड्ने तयारी गरिरहेका छन् । त्यस्तै कांग्रेसबाट रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँ–१ र नेपाल सुशासन पार्टी पार्टीबाट रास्वपा आएका रमेश खरेल बारा–२ बाट चुनान लड्ने तयारी गरेका छन् ।