काठमाडौँ । नेपालका लागि एकदिवसीय क्रिकेटमा आसिफ शेख एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा एक हजार रन पूरा गरे ।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका हुन् । उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । यसअघि नेपालका लागि रोहित कुमार पौडेलले एक हजार रन बनाए ।