आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी



काठमाडौँ । सिंहदरबारमा ८ दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा छलफल भइरहेको बताइएको छ ।


बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन् ।

राष्ट्रपति, उपराष्ट्रपति चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।