आईसीसी विश्वकप क्रिकेट लिग-२ : यूएईविरूद्ध टस जितेर नेपाल ब्याटिङमा



काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईविरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।


नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएको छ ।