अजरबैजान–आर्मेनिया सीमामा झडप : ३ जनाको मृत्यु



येरेभान । काकेशसको विवादित नागोर्नो-काराबाख क्षेत्रमा आर्मेनिया र अजरबैजानको सीमानामा आइतबार भएको गोली हानाहानमा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अजरबैजानको अर्मेनियाली जनसङ्ख्या भएको एन्क्लेभ काराबाखको नियन्त्रणका लागि जारी युद्धमा हजारौंको ज्यान  गएको छ ।

‘अजरबैजानी सशस्त्र बलको एक समूहले प्रहरीको राहदानी र भिसा विभागको कारमा गोली चलाएको छ जसमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ’ आर्मेनिया समर्थक पृथकतावादी अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि अजरबैजानको रक्षा मन्त्रालयले यसलाई अस्वीकार गर्दै  दुबै पक्षबाट गोली हानाहानका कारण सो घटना घटेको बताएको छ । उता आर्मेनियाको विदेश मन्त्रालयले अजरबैजानको दाबीलाई तथ्यहीन भनेको छ । 


छिमेकी देश बीच सन् २०२० को युद्धपछि युद्धविराम भएको छ तर त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।  काराबाखको भाग जुन अझै पनि आर्मेनियाली पृथकतावादी नियन्त्रणमा रहेको छ र रुसी शान्ति सेनाले सुरक्षा गरेको छ। आइतबारको झडपपछि आर्मेनियाले लाचिन कोरिडोर र नागोर्नो-काराबाखमा अन्तरराष्ट्रिय अन्वेषकको टोली पठाउन  आग्रह गरेको छ ।