सत्य निरुपण विधेयकलाई टुंगोमा पुर्याउनेबारे कांग्रेस बैठकमा छलफल



काठमाडौं । सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो ।

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराएका थिए । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफिङ गरेका थिए ।