काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरु नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।
राष्ट्रपति पदका उम्मेदवार नेम्वाङसहित, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय पुगेका हुन् ।
उनीहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरी भोट दिन अपील गरेका छन्। बुधबार मात्रै नेकपा एकीकृत समाजवादीले राष्ट्रपति पदमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको थियो ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसका तर्फबाट पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।