मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री अब्दुल खानद्वारा राजीनामा



काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको हो ।


मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् । पछि प्रधानमन्त्री दाहालसँगको छलफलपछि मात्र उनी मन्त्रालय गएका थिए । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।