काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । सोमबार दर्ता भएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा बहस सुरु भएको हो ।
प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका आधारमा उनीमाथि छानबिन तथा अभियोजन हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरणले रिट दायर गरेका थिए ।