प्रचण्ड विरुद्ध रिट इमोस्नल ब्ल्याकमेलिङ : मेटमणि चौधरी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मटमणि चौधरीले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोसी लडाइँ भएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत चौधरीले यसबाट कोही खुसी र कोही त्रसित हुनुपर्ने अवस्था नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कमरेड प्रचण्डविरुद्ध सर्वोच्चमा गरेको रिट र हुनसक्ने संभावनाको बिषय केवल भ्रमित कुरा मात्रै हो । तत्कालीन समयमा – संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र बिद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको बिषय हो । हो केही काम बाँकी छ । यो सरकारले टुङ्गोमा पुर्याउने बिषय हो । यसैले कसले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौं र खुसी पनि हुनु जरूरी छैन । यो फगत भ्रम हो । प्रक्रियाले यो टुङ्गिन्छ । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सी लडाइँ हो । इमोसनल ब्लाकमेलिङ हो ।’