पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित



काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा उनले ६६९ मत ल्याएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याएका छन्। यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान ४४७ मत ल्याएर निर्वाचित भएका छन्