दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लबलाई



वीरगंज । दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा शनिबार भएको फाइनलमा जनकपुर स्पोर्टस् क्लब जनकपुरलाई हराउँदै वीरगंज युनाईटेड क्लब वीरगंजले उपाधि उचालेको हो ।

प्रतियोगितामा जनकपुर स्पोर्टस् क्लब जनकपुरलाई पाँच शून्य गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दीपक यादवले बताए ।


विजेताले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको छ । विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए भने उपविजेता जनकपुर स्पोर्टस् क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।

खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगितामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन । यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए ।

जनकपुर स्पोर्टस क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वीरगन्ज युनाईटेड क्लब वीरगन्जका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागिता थियो ।