काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा सरकार गठन प्रक्रिया लाजामर्दो भएको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित संस्कृतिक कार्यक्रममा बोल्दै उनले एक दिन सरकार गठनमै अस्थिरता देखिएको भन्दै चर्को आलोचन गरेका हुन् । उनले देशका समस्या समाधान लागि भन्दा पनि कमाउनेतिर नेताहरुको ध्यान गएको आरोप लगाए ।
उनले भने ‘नेपालमा चुनाव भएको ५ महिना भइसक्यो तर सरकार नै बनेको छैन् । एक दिन सरकार बन्छ बिहान उठ्दा अर्को मन्त्री भइसकैको हुन्छ । एक दिन बालुवाटारमा भाषण चलिरहेको हुन्छ अर्को भाषण बालकोटमा चलिरहेको हुन्छ । विदेशी आएका छन्, लुटेका छन्, आदेश दिएका छन् । नेपालको नेता भकुण्डो जस्तो भएका छन् ।’