देश बनाउने जिम्मेवारी युवाको हो : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।

रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पीएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले भने, ‘देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ।


पौडेलले युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्ने बताए। सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिन युवाहरू पनि जागरुक बन्नुपर्ने उनले धारणा राखे।

‘रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पुर्‍याएको छ, युवालाई एकजुट पनि बनाएको छ’, पौडेलले भने, ‘यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ।’