त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए ।


उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”

त्यसैगरी राष्ट्रपति पौडेलको शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गरेको बताइएको छ ।