जनताको हित विपरित सरकार चल्न खोजे सैह्य नहुने ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन् ।

सुखानीका सहीदहरुको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनताको हित विपरित चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने चेतावनी दिएका हुन् ।


उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैलाई पनि चित्त नदुखाउन आग्रह गरे । राष्ट्रको स्वाधिनता र स्वाभिमानमाथि होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उनले बताए ।

सत्ता समर्थक दलहरुले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताए । उनले भूगोलमाथि अतिक्रमण भए टुलुटुलु हेरेर बस्न नसकिने बताए ।