ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी



काठमाडौं । मिटरब्याज पिडितको समर्थनमा माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध उनीहरूले विरोध जनाएका छन्। आज (मंगलबनर) बिहान पिडितको पक्षमा शाही माइतीघर पुगेका थिए। पिडितहरूले ‘राजावादी चाहिँदैन, सामन्तवादी चाहिँदैन’ भन्दै विरोध गरेका हुन्।

११ दिन पैदल हिँडेर बर्दिवासबाट काठमाडौ. आएका मिटर ब्याज पिडितहरु यतिबेला माइतिघर मण्डलामा न्यायको माग गर्दै आन्दोलित छन् । हिजो (सोमबार) काठमाडौं आइपुगेका पिडितहरु काठमाडौंमा न्याएका लागि भौतरी रहेका छन् । सोमबार खुला मञ्चमा प्रवेश गर्न खोजेको भन्दै महानगरका प्रहरीले रोकेपछि रत्नपार्कको सडकमा बास बसेका उनीहरु आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बनलुवाटार पुगेर धर्ना बसेका थिए ।


बालुवाटारबाट फर्किएका पिडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो माग सुनाउन चाहेको बताइरहेका छन् । उनीहरुले तमसुक प्रथा हटाउनुपर्ने मिटर ब्याजपिडितका श्रण मिना हुनुपर्ने लगायत माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।