काठमाडौँ । आज (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मतदान नगर्ने भएको छ ।
हिजो (बुधबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको थियो ।
राजतन्त्र पुनःस्थापनाको एजेण्डा बोकेको राप्रपाले पार्टी कार्यकर्ता र शुभेच्छुकको भावना अनुसार राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।