दाङ । लुम्बिनीका नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा ढिलाइ भएको छ । हावाहुरीले कार्यक्रमस्थलको मञ्च उडाई दिएपछि शपथ ग्रहण अवरुद्ध बनेको हो ।
प्रदेश सभाअघि शपथ ग्रहणका लागि मञ्च तयार भइसकेको छ । तर हावाहुरीले टेन्टहरु भत्काउनुका साथै कुर्सीहरुरु अस्तव्यस्त पारेपछि दिउँसो १ बजेका लागि तय भएको शपथ ढिलाइ भएको हो । अब केहीबेरमा हलभित्र शपथ ग्रहण गर्ने कार्यक्रम शुरु हुने प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी दिए ।
प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु माओवादी केन्द्रका जोखबहादुर महरा र इन्द्रजित थारु, एमालेका विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राप्रपाका जानकीप्रसाद यादव र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई शपथ ग्रहण गराउँदै छन् ।