हामीले जो भन्छौं त्यही राष्ट्रपति हुन्छ : ओली



काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति सत्ता साझेदार दलहरूको सहमतिबाट चुनिने बताएका छन् ।

आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले दलहरूकै सहमतिबाट राष्ट्रपति चुनिने बताए ।


अबको राष्ट्रपति को बन्छ ? भन्ने प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘हामीले जो भन्छौं, त्यही बन्छ ।’ अध्यक्ष ओलीले सुदूरपश्चिम सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भन्ने प्रश्नको जवाफमा,’ अब हेर्दै जाऔं ।’