काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पाएको स्कटल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको छ ।
स्कटल्यान्ड उत्कृष्ट पुनरागमनमा माइकल लिस्कको उत्कृष्ट सतकीय योगदान गरेका छन् । ७९ बलमा सतक बनाएका माइकल लिस्कले ८५ बल खेल्दै ९ छक्का र ३ चौकासहित १०७ रन बनाएर नटआउट खेलेका थिए । ज्याक जार्भिसले २६ रन बनाउँदा मार्क वाटले २० रन जोडेका थिए ।
ओपनर एवं कप्तान रिची बेरिंग्टन र थोमस म्याकिन्थोसले समान १९–१९ रन बनाउँदा अर्का ओपनर क्रिसटोफेर म्याकबड्री र ब्राण्डम म्याकुलमले समान २२–२२ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी १–१ विकेट हात पार्न सफल भए ।