सुर्खेतमा एक प्रहरी जवानद्वारा कञ्चटमा गोली हानेर आत्महत्या



सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । बिहीबार बिहान करिब ३ बजेको समयमा प्रहरी जवान कबिन्द्र विक कञ्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

विकले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाइ रहेको छ। विक बिहान १ बजेदेखि ३ बजेसम्म ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।


डिउटी खटिएको सकयका उनले आफैले बोकेको एसएलआरबाट दाहिने कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।