काठमाडौँ । सरकारले संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार उक्त विधेयक यही १० गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।
यस्तै, बर्डफ्लु रोगको नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएको वस्तुहरुका लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।