काठमाडौँ । बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा सरकार र निर्मला कुर्मीको न्यायका लागि संघर्षरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।
शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने लिखित प्रतिबद्धता जनाएपछि रुवि खानले सहमति गरेकी हुन् ।
यससँगै खानले निर्मला कुर्मी हत्या प्रकरणमा जारी राखेको धर्ना पनि स्थगित गरेकी छन्। सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमति गरेको छ ।
बाँकेबाट काठमाडौं आएका रुवि खानसहितका महिलाहरु ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका थिए।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली बनाएर न्यायिक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।