लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो



दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । 

तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामान्यीकरण गर्दै दूतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ ।


‘स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शङ्कास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्’ लन्डनस्थित अमेरिकी दूतावासले ट्वीट गरेको छ। 

यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवाद समेत व्यक्त गरेको छ ।