रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि बैठक बोलाएको बताइएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा आज ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए ।


सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा समेत छलफल हुने उनले बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सकरात्मक सन्देश नपाएकाले अब नयाँ शिराबाट अगाडि जान सक्ने उनको भनाइ छ ।