काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुदूरपश्चिम प्रदेश सरकार ढल्नुले देश फेरि अर्को अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गरेको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन् । उनले अब पनि द्वन्द्व कि सहमतिको बाटो भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन । यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्छ । राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ । अर्थतन्त्रका गम्भीर संकट छँदैछन् । भूराजनीति अरू तात्दैछ । अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढलेको थियो ।