रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज ( शनिबार) बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको छ । कांग्रेस नेता धनराज गुरुङले पौडेललाई शुभकामना दिएका छन् । उनले भने, ‘नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आदरणीय नेता रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । श्रद्वेय नेता रामचन्द्र पौडेललाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’